पवन गौतमको निर्देशनमा तयार भएको चलचित्र ‘चियर्स’को नयाँ रिलिज मिति घोषणा भएको छ। यसअघि कार्तिक २२ गते रिलिज हुने भनिएको यो चलचित्र फागुन ९ गते प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले नयाँ रिलिज डेट र फिल्मको बारेमा औपचारिक जानकारी दिएको छ।
मित्रताको कथासँगै प्रेमको भाव बोल्ने ‘चियर्स’मा भूपेन चन्द, पुष्करजंग थापा, राज आर्यन, क्रिस्टी पौडेल, महिमा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ। यही चलचित्रबाट अरुण केसी र निर्मला महत्तले आफ्नो अभिनय यात्रा सुरु गर्दैछन। फिल्मको प्रोमो केही समय अगाडि
सामाजिक सञ्जालबाट रिलिज गरिएको थियो । ‘चियर्स’लाई राजाराम केसी र सजिव श्रेष्ठले मिलेर निर्माण गरेका हुन। यूवराज खत्रीको प्रस्तुती रहेको फिल्मको कार्यकारी निर्माता सरोज खत्री हुन्। चलचित्रमा दीपक बाँनियाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र जनक गुरुङको एक्सन रहेको छ ।

कमेडीसँगै रोमान्स र आकर्षक एक्सन रहेकोले चलचित्रलाई दर्शकले मन पराउने विश्वास गरिएको छ। कार्यक्रममा फिल्म विशुद्ध मनोरजनात्मक रहेको जानकारी गराइएको थियो।

Nepalese Rupee Converter