अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड जिते

मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्डमा ‘फिल्म मेरो लभ स्टोरी’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड उचालेका छन् । उत्कृष्ट ठहरिएको फिल्म ‘काठमाण्डू’ का निर्देशक आकाश अधिकारीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नै पोल्टामा पारे ।
फिल्म ‘फेसबुक’बाट अभिनेत्री झरना थापाले उत्कृष्ट खलपात्रको अवार्ड पाइन् । उत्कृष्ट पटकथाकारसँगै निश्चल बस्नेतले फिल्म ‘लुट’बाट नयाँ निर्देशकको अवार्ड उचाल्दा ‘सायद’ का संयम पुरी र ‘अन्दाज’ का सविन श्रेष्ठलाई नव अभिनेताको अवार्ड बाँडियो । नव अभिनेत्रीको अवार्ड ‘काठण्माडू’बाट प्राप्ती घिमिरेले पाइन् ।
विल्सन विक्रम राई ‘सायद’ फिल्मबाट उत्कृष्ट हाँस्य कलाकार ठहरिए ।
‘साथी म तिम्रो’बाट शिर्षक सापकोटाले उत्कृष्ट बालकलाकार तर्फको अवार्ड पाए । उत्कृष्ट संगीतकारको अवार्ड फिल्म ‘मायाज बार’बाट सुरेश अधिकारीले प्राप्त गरे । ‘मायाज बार’कै ‘सरसर...’ बोलको गीतबाट राजेश पायल राईले उत्कृष्ट पुरुष गायकको अवार्ड पाउँदा ‘अन्दाज’ फिल्मको ‘सिम्पल सिम्पल कान्छीको’बाट माण्डवी त्रिपाठीले उत्कष्ट महिला गायकको अवार्ड पाइन् । उत्कृष्ट गीत रचनामा फिल्म ‘पल’बाट किरण खरेलले अवार्ड पाए भने 'पल'बाटै उत्कृष्ट कथाको अवार्ड कर्ण शाक्यलाई दिईयो ।
उत्कृष्ट पटकथाकारको अवार्ड ‘फर्कि आऊ’ फिल्मबाट ओम प्रतीकले पाए । ‘मेरो लभ स्टोरी’ बाट राजेश श्रेष्ठले उत्कृष्ट छायाँकार र यसै फिल्मबाट सरोज पाण्डेले उत्कृष्ट श्रृङ्गारको अवार्ड उचाले । ‘रावण’ फिल्मबाट चन्द्र पन्तले उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड पाए । फिल्म ‘मालतीको भट्टी’बाट रेनशा राईले उत्कृष्ट नृत्य निर्देशक र ‘के यो माया हो’बाट नीलिमा शर्माले उत्कृष्ट कस्ट्युम डिजाइनर अवार्ड पाए ।
उत्कृष्ट संगीत संयोजनको अवार्ड ‘अन्दाज’ फिल्मका लागि महाराज थापाको पोल्टामा पर्यो । उत्कृष्ट ब्याग्राउन्ड स्कोररको अवार्ड 'मायाज बार’बाट एलिश कार्कीले लगे । उत्कृष्ट कला निर्देशकको अवार्ड ‘मसान’ फिल्मबाट निर्जल श्रेष्ठले पाए । उत्कृष्ट साउण्ड मिस्किङको अवार्ड 'लुट'बाट उत्तम न्यौपानेले पाए । उत्कृष्ट सम्पादनको अवार्ड 'लुट'बाट सुरेन्द्र पौडेलले पाए । यता अभिनेता सौगात मल्लले 'लुट'बाट पपुलर कलाकारको अवार्ड उचाले भने 'सायद' निर्देशक सुरज सुब्बा नाल्बोले जुरी अवार्ड पाए ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel