भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १ सय १६ औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार प्रतिवेदनमा नेपाल धेरै भ्रष्टाचार हुने मुलुकमा फेरि पनि सूचीकृत भएको छ ।
विश्वका १ सय ७७ मुलुकमध्ये नेपाल १ सय १६ औं स्थानमा छ ।कुल सय अंकमा नेपालले ३१ अंक पाएको छ । ट्रान्सपरेन्सीले ५० अंक भन्दा कम पाउनेलाई अत्यन्तै भ्रष्ट मुलुकका रुपमा स्वीकार गर्दै आएको छ ।
भ्रष्टाचार प्रतिवेदन सर्भेक्षणमा सहभागीमध्ये ७२ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् भने ९० प्रतिशतले राजनीतिक दलहरु अत्यन्त भ्रष्टाचारी हुँदै गएको बताएका छन् । प्रतिवेदनका अनुसार दलहरुले नागरिकको विश्वास 
गुमाउँदै गएको देखाएको छ ।सार्वजनिक तथा गैरसरकारी क्षेत्रमा आफ्नो पकड कायम राख्न र सत्तामा रहिरहन राजनीतिक दलहरुले प्रभाव पारिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष बिष्णुबहादुर केसीले बताउनुभयो । सार्वजनिक सेवामा अत्यन्त निर्भर हुने नेपालीहरुलाई राजनीतिक दबदबाले काम बिथोलेको उहाँको भनाई छ । सार्वजनिक संस्थाहरुको काम कारवाही प्रभावित तुल्याउन आफ्नो अधिकारको दुरुपयोग गर्ने राजनीतिक दलहरुको प्रवृत्तिलाई समाप्त पार्न उपयुक्त कानुनहरु कार्यान्वयन गर्न प्रतिवेदनले आव्हान गरेको छ ।
दक्षिण एसियाका ५ वटा मुलुक नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको भ्रष्टाचार अबस्था प्रतिवेदन अनुसार दक्षिण एसियाली राष्ट्रमध्येमा श्रीलंका सबैभन्दा कम ९१ औं स्थानमा र बंगलादेश १ सय ३६ औं स्थानमा छ ।  दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको तुलनामा नेपालको भ्रष्टाचार अबस्था केहि सुधारोन्मुख छ ।
दक्षिण एसियाली देशहरुको भ्रष्टाचार अवस्था

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel