चलचित्र हसिया शुक्रबारबाट नेपाल अधिराज्यभर एकै साथ प्रर्दशनमा

नयाँ बर्ष २०७१ सालको सुरुवात सँगै नेपाली फिल्म उद्योगमा केही आशालाग्दा चलचित्र प्रर्दशनमा आए । ति फिल्महरुले व्यापार पनि राम्रै गरे । यसैबीच अर्को आशा गर्न लायक फिल्म 'हसियाँ' शुक्रबारबाट अर्थात आजबाट नेपाल अधिराज्यभर एकै साथ प्रर्दशनमा आउँदैछ ।
६० वर्षको नेपाली इतिहासमै पहिलो 'लेडि एक्सन फिल्म' बनेको हसियाँका निर्देशक मिलन चाम्स दावी गर्छन् । हसियाँमा १३७ जना भिलेनसँग नायिकाले 'फाइट' खेलेकी निर्देशकले जानकारी दिएका छन । हिरोइनलाई रोनाधोनाको दृश्यमा मात्रै समावेश गर्ने प्रवृत्तिविरुद्ध सिनेमा रहेको निर्देशकको दाबी छ ।
हेमा श्रेष्ठको हसियाँ डेब्यू सिनेमा हो । उनी रिलमा मात्रै होइन रियल मा पनि 'थर्ड डान ब्ल्याकबेल्ट' हुन् ।
निर्देशक चाम्सले नेपाली मोर्डन चलचित्रका रुपमा हसियाँलाई परिभाषित गर्छन र भन्छन्, 'समाजभित्रै भएको कथावस्तुलाई फरक धारबाट प्रस्तुत गरिएको छ ।'
'पश्चाताप' चलचित्रको सहायक निर्देशक गरिसकेका उनले १ सय १७ भन्दा बढी म्यूजिक भिडियो, डकुमेन्ट्री  लगायतमा निर्देशन गरिसकेका छन् । 'हसियाँ' चाम्सको डेब्यू निर्देशन हो । 

फिल्ममा हेमासहित, राजेश हमाल, अनुप विक्रम शाहीलगायतको मुख्य भूमिका छ । फिल्मको अतिथि भूमिकामा नायिका प्रियंका कार्की र  पूर्व मिस नेपाल रुबी राणा पनि छन् । नायिका जासूसी भूमिकामा छिन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel