राजधानीको पाँचतारे होटल अन्नपूर्णमा राजेश हमालले बिहे गरे

शनिबार राजधानीको पाँचतारे होटल अन्नपूर्णमा आयोजित समारोहमा यो जोडीले लगनगाँठो कस्यो । अन्नपूर्णको कुमारी हलमा आयोजित विहेमा हमाल दौराकोट र टोपीमा ठाँटिएका छन् भने सारी र घुम्टोमा मधु सजिएकी थिइन् ।
हमालले मधुलाई सिन्दुर हाले अनि आफ्नी बनाए । आउँदो जेठ १४ मा विहेको प्रीति भोज आयोजना गरिएको छ । कपुरधारास्थित घरमा भने विहेको माहौल देखिएन । करिब ३ घन्टापछि नायक राजेश हमालले आफ्नो बिहेको तस्बिर मिडियालाई खिच्न अनुमति दिए । तर अन्नपूर्ण होटलको कुमारी हलमा संचारकर्मी पुग्दा बिहे लगभग सकिएको थियो । हमाल र मधु मिडियाको अघि मिठो मुस्कानसहित उभिएका थिए ।
क्यामेरामा विभिन्न पोजका तस्बीर कैद भएपछि हमाल केही खुले । ५० बर्षमा प्रवेश गर्दै गर्दा नायक हमालले प्रेमिका मधु भट्टराइलाई बेहुली बनाएका हुन् ।
३१ बर्षको उमेरमा ‘अधिकार’ सिनेमाका लागि उनी पहिलो पटक पर्दामा बेहुला बनेका थिए । यसपश्चात भने सिनेमाको पर्दामा उनी थुप्रै पटक बेहुला बने । फरक के पाए त हमालले, हाँस्दै भने-’सिनेमाको पर्दामा जुत्ता लुकाइदैनथ्यो, यहाँ लुकाइयो । उनले अन्य कुरामा खासै फरक नपाएको बताए ।
मधु पनि राजेश हमाललाई बेहुला पाउँदा निक्कै खुशी देखिइन् । उनले राजेश हमालमा एक मात्र गुण भएर बिहे नगरेको बताइन् । बोल्न केही लजालु देखिएकी मधु संचारकर्मीका केही प्रश्नमा हमालसँग नै सल्लाहा गर्थिन् । हनिमुनका बिषयमा लजाउँदै मधुले यो प्रश्न पछि मात्र गर्न भनिन् ।
२८ बर्षकी मधुसँग हमालको प्रेम बसेको लामै समय भैसकेको छ । चिनजान भएको ९ बर्ष भयो । हमालको बिहेमा सिनेमा क्षेत्रका कोही पनि व्यक्ती सहभागी थिएनन् । मात्र उनका आफन्तमात्र बिहेमा देखिए । करिब १ सयको हारहारीमा मात्र हमालका नजिकका आफन्त बिहेमा सहभागी थिए ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel