बार्सिलोनाका स्ट्राइकर मेसीले बनाए सर्वाधिक गोलको नयाँ कीर्तिमान

बार्सिलोनाका स्ट्राइकर लियोनल मेसिले च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । गएराति एपोल निकोसिया विरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचिमा आफ्नो नाम अग्र स्थानमा लेखाएका हुन् ।
च्याम्पियन्स लिगमा उनको गोल संख्या ७४ पुगेको छ । उनले यसअघि रियल मड्रिडका पूर्व फवार्ड राउलको नाममा रहेको ७१ गोलको कीर्तिमान भंग गरेका हुन् ।
३८ औँ मिनेटमा पहिलो गोल गरेका मेसीले ५८ र ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
बार्साका लागि अब उनको गोल संख्या २ सय ५६ पुगेको छ । मेसीको ह्याट्रिकसँगै बार्साले ४–० को जीत निकाल्यो ।
खेलको २७ औँ मिनेटमा लुईस सुवारेजले बार्सिलोनाकालागि खाता खेलेका थिए ।
गए रातिनै भएका अन्यखेलमा जर्मन क्लव वार्यन म्युनिखलाई इग्लिस क्लव म्यानचेस्टर सिटिले पराजित गरेको छ ।
सिटिको जितमा अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्वेरोले ह्याट्रीक गरे । च्याम्पीयन्स लिगमा हिजोको खेलमा अर्जेन्टीनाका दुई स्टारले फरक फरक क्लबकालागि ह्याट्रीक गरेका हुन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel