आठ बर्षे बालकले 'लभ यू बाबा' नामक नेपाली फिल्म निर्देशन गरे

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन नेपालका आठ बर्षे बालकले फिल्म निर्देशन गरेका छन् । पत्याउनै नसक्ने बिलक्षण प्रतिभा भएका सौगात बिष्टले 'लभ यू बाबा' नामक फिल्म निर्देशन गरेका हुन् । 
पत्याउनै गार्‍हो भएपनि सौगातले फिल्म निर्देशन गरेर चमत्कारी देखाएका छन् । उनले निर्देशन गर्दै गरेको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा सौगातको निर्देशन गर्ने शैली र कमाण्डिङ क्षमता देख्न सकिन्छ । 
फिल्म ‘लभ यू बाबा’ ले एउटी छोरीलाई आमाको अभाव हुन नदिन बाबुले गरेको संघर्ष र प्रेमलाई प्रस्तुत गरिएको छ । फिल्मको शिर्ष भूमिकामा अभिनेता गजित विष्ट
र संगम विष्ट छन् । निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारहरुको समेत अभिनय रहेको यो फिल्मलाई सम्झना पोख्रेलले निर्माण गरेकी हुन् । 
अभिनेता गजितको कथामा तयार गरिएको फिल्म ‘लभ यू बाबा’ मा गम्भिर विष्टको पटकथा तथा संबाद र
दिव्यराज सुबेदीको छायांकन रहेको छ । ‘लभ यू बाबा’ आउँदो मंसिर २६ गतेदेखि देशव्यापी रुपमा प्रदशर्नमा आउँदैछ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel