इजरायलमा क्रिकेट म्याचको क्रममा बलले लागेर अम्पायरको निधन भयो

क्रिकेटको बलले लागेर खेलाडीको मृत्यु भएको एक हप्ता नबित्दै बलले लागेर नै एक अम्पाएरको ज्यान गएको छ । इजरायलमा भएको स्थानीय क्रिकेट खेलको क्रममा बलले लागेर ५५ वर्षका अम्पाएर हिलेल ओस्कारको ज्यान गएको हो ।हिलेललाई शनिबार क्रिकेट बलले लागेको र उपचारको क्रम निधन भएको हो ।
तिब्र गतिको बल स्टम्पमा लागेर फर्किंदा हिलेललाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् । हिलेल इजरायलको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पनि हुन् ।
बलले लागेर हिलेलको निधन भएको भनिएपनि उनको निधनका बारेमा विरोधाभासपूर्ण खबरहरु आएका
छन् । केहीले हिलेलको अनुहारमा बलले बताएका छन् भने केहीले छातिमा बलले लागेको र त्यसपछि उनलाई हृदयघात भएको बताएका छन् ।
यसअघि गएको मंगलबार अस्ट्रेलियाको सिड्नीमा भएको खेलको क्रममा फिलिप ह्यूजलाई बलले लागेको थियो । बलले लागेर घाइते भएका ह्युजको बिहीबार उपचारको क्रममा निधन भएको थियो । ह्युजले लगाएको हेलमेट पूर्णरुपमा सुरक्षित नभएकाले उनको टाउकोमा बलले लागेको थियो । तर क्रिकेट खेलाडीले जस्तो अम्पाएरले भने खेलको क्रममा हेलमेट लगाउने चलन छैन ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel