फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १८१ स्थानमा

काठमाडौँ: विश्व फुटबल महासङ्घ  फिफा  को बरियतामा नेपाल दुई स्थान तल झरेको छ । 
फिफाले सार्वजनिक गरेको नयाँ बरियताअनुसार १८१ स्थानमा रहेको नेपाल १८३ औँ स्थानमा पुगेको हो । छिमेकी मुलुक भारत छ स्थान फड्को मार्दै १४१ औँ स्थानमा पुगेको छ । योसँगै भारत दक्षिण एसियामा शीर्षस्थानमा पुग्न सफल भएको छ ।अघिल्लो महिना शीर्षस्थानमा रहेको अफगानिस्तान भने १६ स्थान तल झर्दै १५१ औँ स्थानमा
पुगेको छ । त्यस्तै, भुटान चार स्थान माथि उक्लँदै १५९ मा, बङ्गलादेश तीन स्थान चढ्दै १६६ मा छ भने त्यत्तिनै स्थान माथि चढेको पाकिस्तान १७० स्थानमा पुगेको छ । 
माल्दिभ्स भने ३८ औँ स्थान तल झरेर १७७ औँ स्थानमा चित्त बुझाउन बाध्य हुँदा श्रीलङ्का दुई स्थान बढुवा हुनाका बाबजुद १८६ औँ स्थानमा रहँदै दक्षिण एसियाको बरियताको पुछारमा रहेको छ । 
बरियताको शीर्षस्थानमा विश्व विजेता जर्मनी कायम रहँदा बेल्जियम दोस्रो स्थानमा उक्लेको छ । विश्वकपको उपविजेता अर्जेन्टिना एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ भने कोलम्बिया र ब्राजिल आफ्नो पुरानै स्थानमा क्रमशः चौथो र पाँचौँ मा छन् । 
 त्यसैगरी, नेदरल्यान्ड्स, पोर्चुगल, उरुग्वे, फ्रान्स र स्पेन क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel