एउटै मञ्चमा धेरै थरीका भेषभूषा, ती पनि परम्परागत महत्त्व र पहिचान बोकेका। विराटनगरमा सोमबार यस्तै किसिमको परिवेश थियो। परम्परागत जातीय पहिचान जगेर्ना गर्ने उद्देश्यले १८ जातिका भेषभूषा प्रदर्शन गरियो। नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पूर्वका १८ जातिले एउटै मञ्चमा भोषभूषा र संस्कृति प्रदर्शन गरेका हुन्।
महासंघ विराटनगर नगर समन्वय परिषद्का अध्यक्ष सुरेशसिंह गन्गाईले आदिवासीको पहिरन विस्तारै समाजबाट हराउन थालेकाले अभियानकै रूपमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए।
उनले भने, 'अहिलेको पुस्ता आफ्नो भाषा र संस्कारप्रति जानकार हुन छाडेकाले पनि हामीले साझा प्रदर्शनी गरेका हौं।' महासंघले विभिन्न जातीय संगठनसँग मिलेर पनि संस्कृति जगेर्नाको काम गर्दै आएको सिंह बताउँछन्।
कार्यक्रममा आदिवासी जनजाति समुदायको जातीय गहना पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा धिमाल, गुरुङ, राई, किरात, गनगाई, ताजपुरिया, भुजेल, तामाङ, नेवारलगायतका समुदायको पोसाक र संस्कृति प्रदर्शन गरिएको थियो। कार्यक्रममा जातीय संस्कारको विषयमा जानकार गराउन स्टल पनि राखिएको थियो।
कार्यक्रममा धिमाल नाच, लाखे नाच, ढोल नाच, धान नाच पनि प्रदर्शन गरिएको थियो। भेषभूषा प्रदर्शनी उद्घाटनपछि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले नेपाल बहुजातीय मुलुक भएकाले देशका हरेक कुनाकन्दरामा रहेको संस्कृति र संस्कार बचाउनु अहिलेको चुनौती भएको बताए।
Related Posts
Related Posts with thumbnails and summary post for blogger
बिषादी उक्त फलफूलबाट सावधान !
नैकापका रमेश बुढाथोकीले बजारबाट ल्याएको तरबुजा खाएपछि परिवारका पाँच सदस्य बेहोस भए। खाएको विषाक्त अर्थात् 'फुड प्वाइजनिङ्' भएपछि रमेशको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। उनको परिवारले यस विषयमा उजुर गर्ने ठा ... [पुरै पढ्नुहोस् ]
एयर होस्टेज अनी बादलबीच उड्ने सपना
एयर होस्टेज अर्थात् विमान परिचारिकाको क्यारियरमा ग्ल्यामर त छँदैछ साथै यसमा उडानको रोमाञ्चता, सेवाको आत्मसन्तुष्टि, विभिन्न स्थानको भ्रमण, विभिन्न व्यक्तिसितको भेटघाट, जनसम्पर्कको अवसर, आकर्षक आयआर्जन एवं वैदेशिक रो ... [पुरै पढ्नुहोस् ]
आजकाल कोल्ड सिजनमा हट ट्रेन्ड
घट्दो वातावरणीय तापक्रमसँगै न्याना पहिरनले बजार तताएका छन्। शरीरलाई न्यानोपन प्रदान गर्नुका साथै आकर्षक एवं स्टाइलिस लुकका कारण को टका पछिल्ला शैली विन्टर फेसन ट्रेन्डको रूपमा देखापरेको छ। अहिले विन्टर वुमेन वार्डरो ... [पुरै पढ्नुहोस् ]
राजधानीको केन्द्रविन्दु रत्नपार्कमा खुलेआम यौनव्यवसायहरु
रत्नपार्क राजधानी काठमाडौंको त्यस्तो ठाउँ हो जहाँ हजारौ व्यक्तिको आवातजावत हुन्छ खुल्ला ठाउँ अनि राजधानीकै केन्द्रविन्दु भएको कारण सबै मानिसको जम्काभेट अनि व्यापारिक थलो बनेको छ । ठूला व्यापारिदेखि लिएर फुटपाथ व्याप ... [पुरै पढ्नुहोस् ]
मानिसमा डिप्रेसन हुने केही प्रमुख कारणहरु
रामकृष्ण शर्मा -(नाम परविर्तन) आफ्नो व्यवसायमा सफल थिए। तर, केही वर्षयता उनी निराश र विरक्त हुनथाले। खानामा अरुचि हुने मात्रै होइन, निद्रा नलाग्ने, लागिहाले डरलाग्दा सपना देखिने र जहिले पनि सुतिरहन मन लागे पनि निद्र ... [पुरै पढ्नुहोस् ]
मनोहरले २४ घन्टामा दुई पटक विवाह गरे
इनरुवा, श्रावण १ - सामाजिक रीतिअनुसार बिहेपछि भोजभतेर हुन्छ, अनि बेहुला-बेहुली बिदा गरिन्छ । तर यहाँको एउटा विवाहमा चेली बिदा गरी पठाएको चार घन्टापछि नै माइती पक्षले फर्काएर ल्याएका छन् । अनि लगत्तै भोलिपल्ट केटाले ... [पुरै पढ्नुहोस् ]
