म्यागी चाउचाउको बिज्ञापनले गर्दा अमिताभ, माधुरी र प्रीतिविरुद्ध उजुरी

म्यागी चाउचाउको विज्ञापनमा अभिनय गरेका बलिउड कलाकार अमिताभ बच्चन, माधुरी दीक्षित र प्रीति जिन्टाविरुद्ध प्रहरीमा उजुरी गर्न बिहारको एक स्थानीय अदालतले निर्देशन दिएको छ। कलाकारहरूले प्रचार गरेको उत्पादनमा शरीरलाई हानि गर्ने पदार्थ पाइएपछि बिहार मुजफ्फरपुरको एक अदालतले अमिताभ, माधुरी र प्रीतिसहित उत्पादक कम्पनीका आधिकारिक व्यक्तिविरुद्ध उजुरी दर्ता गर्न निर्देशन दिएको हो। 
मुजफ्फरपुर जिल्ला अदालतमा वकिल सुधीरकुमार ओझाको नामबाट दर्ता भएको आवेदनमा अदालतले यस्तो आदेश दिएको हो। आवेदनमा कलाकारका साथमा उत्पादक नेस्लेका प्रबन्ध निर्देशक मोहन गुप्ता र सहनिर्देशक सबब आलमलाई पनि विपक्षी बनाइएको थियो।
कलाकारहरूलाई भारतीय कानुनअनुसार प्राणघातक बिरामी बनाउने तथा संक्रमणको खतरा हुने किसिमको काम गरेको, हानिकारक खानेकुरा बिक्री गरेको, ठगी तथा बेइमानी गरेकोलगायतका आरोपमा कारबाही गर्न निवेदन दिइएको थियो। 
अभिनेत्री दीक्षितलाई केही दिनअघि उत्तर प्रदेशको खाद्यान्न तथा औषधि अनुगमन गर्ने निकायले स्पष्टीकरण सोधेको थियो। 
सरकारी प्रयोगशालामा परीक्षण गर्दा चाउचाउमा मोनोसोडियम ग्लुटामेट तथा सिसाको मात्रा अत्यधिक पाइएको बताउँदै उनलाई स्पष्टीकरण सोधिएको थियो। -एजेन्सी

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel