श्रीलंकाली कलाकारहरुले नेपाली गीत "रेसम फिरिरी" गाए

श्रीलंकाली कलाकारहरुले नेपाली गीत "रेसम फिरिरी" गाएर घोराही बजार परिक्रमा गरेपछि नगरबासी दंग परे । नेपाली कलाकारले झैं उनीहरूले नेपाली गीतहरू गाउँदै मंगलबार घोराहीका सडकदेखि मञ्चसम्म तताए । नेपालीले विदेशी कला संस्कृतिको नक्कल गरिरहेको बेला विदेशीले नेपाली गीत गाएपछि दर्शक निकै गम्भीर र खुसी भएका थिए । घोराहीमा जारी तीनदिने अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सवमा आठ देशका कलाकारले विविध प्रस्तुति दिइरहेका छन् । मंगलबार बिदेशी कलाकारले नेपाली गीत भाका मिलाएर गाइरहेको बेला दर्शक पनि नाच्दै गाउन तम्सिएका थिए । रोचक के भने श्रीलंकाली कलाकारको 'रेसम फिरिरी.'...


गीतलाई पछ्याउँदै मेक्सीकन कलाकारले शंख फुकेर पूर्वीय धार्मिक मूल्य-मान्यतालाई झल्काइरहेका थिए । लिथुवानियाका कलाकार भने नेपाली पञ्चेबाजाको तालमा नाच्दै थिए । आआफ्नो देशको कला संस्कृति देखाउन आएका विदेशी कलाकार यहाँको स्थानीय गीत संगीततिर आकषिर्त भएका हुन् ।

नेपाली कला संस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, विदेशी कला संस्कृतिसँग नेपाली संस्कृतिको परिचय गराउने र पर्यटन विकास गर्ने उद्देश्यले सोमबारदेखि सुरु भएको महोत्सवमा नेपालसहित नौ देशका एक सय बढी कलाकार सहभागी छन् । उनीहरू आआफ्ना देशको कला संस्कृतिको चिनारी दिँदै अरू देशका संस्कृति पनि सिकिरहेका छन् ।

मञ्चमा नाच देखाउनु अघि मंगलबार दिउँसो विदेशी र नेपाली कलाकारहरूले सडकमा नाच्दै घोराही बजार परिक्रमा गरेका थिए । सडकमा विदेशी कलासंस्कृति हेर्न स्थानीयबासीको भीड लागेको थियो । महोत्सवमा बंगलादेश, गि्रस, लिथुवानिया, फिन्ल्यान्ड, इटली, श्रीलंका, मेक्सीको र पोल्यान्डका कलाकार सहभागी छन् ।

नेपालका तर्फबाट दाङको थारू नाच, रुकुमको महिला स्यारिंगे, प्यूठानको सराया, सल्यानको टप्पा र रोल्पाको सोरठी प्रस्तुत गरिएको थियो । महोत्सवमा जातीय मौलिक खाना सहितको फुड फेस्टिबल पनि आयोजना गरिएको छ । विदेशी पाहुनालाई राप्तीका विभिन्न जनजातिका मौलिक खाना खुवाउँदै सत्कार गर्ने काम पनि भइरहेको छ । स्रोत: कान्तिपुर 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel