मेरी प्यारी नेपाल आमा,
समयको परिस्थिती र जिन्दगीको परिवेस सगै तिम्रो न्यानो मायाको काख बाट चट्टक्कै अलग्गिएर आँखा भरी आशुर पुस्दै मुटु भरी माया सँगालेर कोलाहल भिड र मानब सँघर्ष गर्दै अनी कती दु:ख, कष्ठ र हन्डहर खाँदै आज यो सात समुद्र पारी बाट नेपाल आमा तिमीलाई अनी तिम्रो न्यानो मायाको स्नेहालाई सम्झदै तिमी समक्ष्य २ शब्द भएपनी यो इन्टर नेटलाई साहारा बनाइ तिम्रो सामु पुर्याउने कोशीस गरेको छु। नेपाल आमा: गल्ती तिम्रो होइन नत मेरोनै हो केवल यो त समयको खेल हो अनी बाध्यता र परिस्थितीको सँगम हो । बिगत ४ बर्ष देखिको तिम्रो न्यानो काखको स्पर्ध नपाउदा यो मनलाई कती दु:ख भएको हुदो हो अनी त्यसरीनै तिमीलाई पनि आफ्नो सन्तान सात समुद्र पारी यसरी तड्पिएर बसेको सुन्दा कती तिम्रो मन रुदो हो। खै आमा आज-भोली भन्दै ४ बर्ष पनि बिती सक्यो। घर फर्कन पनि सकिएको छैन। नत पैसानै कमाउन सकियो आमा।...


















Nepalese Rupee Converter



