अब जुत्ताबाट समेत मोबाईल चार्ज गर्न सकिने प्रबिधिको निर्माण

हावा र पानीबाट मोबाईल चार्ज हुने प्रसङ्ग त तपाईले सुन्नु भएकै हो, तर जुत्ताबाट पनि मोबाईल चार्ज हुने खबरले भने तपाईलाई चकित पार्न सक्छ । अमेरिका बोस्टनमा रहेको राईस युनिभर्सिटीका छात्रहरुले यस्तो एउटा जुत्ताको बिकास गरेका छन, जसको मद्दतले मोबाईल चार्ज हुनेछ ।
मेकानिकल ईञ्जिनियरिङ बिषय लिएर अध्ययन गरिरहेका छात्रहरुले हिड्दा खेरि उत्पन्न हुने उर्जा शक्तिलाई एकत्रित गरेर मोबाईल चार्ज गरेर देखाई दिएका हुन । जुत्ताबाट मोबाईल चार्ज गर्न मिल्ने यो प्रबिधिलाई पेडिपावर नाम दिएको छ ।
यस प्रबिधिमा पेडिपावर जुत्ताको गति उत्पन्न हुने उर्जालाई एकत्रित गरि मोबाईलको ब्याट्रि चार्ज गर्न सकिनेछ । तेल

पुरुषहरुमा धेरै अथवा लामो समय टिभी हेर्दा नपुंशक बन्ने खतरा

एजेन्सी/ शारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ । ‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार पुरुषका लागि सातामा बीस घन्टाभन्दा बढी टीभी हेर्नु खतरनाक हुन्छ ।
उक्त शोध लगभग दुई सय छात्रमाथि गरिएको थियो । जर्नलमा प्रकाशित प्रतिवेदनका अनुसार कम्तीमा पनि १५ घन्टा या त्यसभन्दा बढी कसरत गर्ने पुरुषको वीर्यको गुणस्तर राम्रो हुन्छ । कतिपय विशेषज्ञको सुझाव छ कि सन्तानको चाहना...

सामाजिक सञ्जाल फेसबुकले अब सेक्स पार्टनर पनि खोजिदिने

आफ्ना प्रयोगकर्ताको लागि केही न केही नयाँ खुराक ल्याएर खुसी पार्ने सामाजिक सञ्जाल फेसबुकले अब सेक्स पार्टनर पनि खोजिदिने भएको छ ।उसले यसअघि नै जागिर खोज्न, आफ्नो प्रचार गर्न, मित्रको मनस्थिति बुझ्न र निःशुल्क भ्वाइस कल लगायत थुप्रै सुविधा सुरु गरिसकेको फेसबुकले सेक्स रिलेटेड एप्लिकेसन्स प्रस्तुत गरेको छ ।
फेसबुकले ‘व्याङ विद् फे्रन्डस’ मार्फत प्रयोगकर्तासँग यौनसम्बन्ध बनाउन रुचि राख्ने युवायुवतीबारे जानकारी दिनेछ । यो रोचक एप्लिकेसनमार्फत प्रयोगकर्ताले फ्रेन्ड लिस्टको कुनै पनि सुन्दरी युवती वा सुन्दर युवकलाई सेक्स प्रपोजल पठाउन सक्छन्...

नासाको क्युरियोसिटी यान आज बिहान सवा ११ बजेतिर मंगल ग्रहमा

साउन २२, रातो ग्रहका रुपमासमेत चिनिने मंगल ग्रहमा जीवको अस्तित्वमाथि २ वर्षे अध्ययनको मिसनसहित अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा पठाइएको अन्तरिक्ष यान आज सफलताका साथ अवतरण गरेको छ । नासाको क्युरियोसिटी यान आज बिहान सवा ११ बजेतिर मंगल ग्रहको सतहमा सफल अवतरण गरेको र अवतरण गरेलगत्तै त्यसले त्यहाँबाट तस्बिरसमेत पठाएको जनाइएको छ । कार आकारको यो रोबोट यानलाई मंगल ग्रहमा पठाउने योजना पूरा हुन १० वर्ष लागेको थियो। प्रक्षेपण भएको ८ महिनापछि यान आज मंगल ग्रहमा अवतरण गरेको हो। मंगल ग्रहको सतहमा अवतरण गरेको यो सबैभन्दा ठूलो यान हो। नासाले सन् १९९७ देखि...

वाषिर्कोत्सवको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा छुट दिने

आठौं वाषिर्कोत्सवको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा छुट दिने घोषणा गरेको छ । थ्रिजी प्रिपेड सिमकार्ड लिँदा लाग्ने शुल्क घटाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले अब थ्रिजी सिमकार्ड ३ सय रुपैयाँमा दिइने बताए । यसमा एक सय रुपैयाँको डाटा/टक टाइम हुने छ । हाल थ्रिजी प्रिपेड १ हजार रुपैयाँको टक टाइम सहित १ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो । नयाँ छुट योजनाहरू फागुन १ गतेदेखि लागू हुने छ ।यस्तै सिडिएमए प्रविधि अन्तर्गतको इभिडियो सेवाको सिम लिँदा १ सय रुपैयाँको डाटा प्रयोग गर्न पाउने गरी ३ सय रुपैयाँ तिर्नुपर्नेछ । हाल यो शुल्क २ हजार रुपैयाँ टक टाइम सहित २ हजार ५ सय...

नेपालको पूर्व-पश्चिम जोड्ने विद्युतीय रेलमार्ग निर्माणको तयारी

पूर्वको मेचीदेखि पश्चिमको महाकाली जोड्नेसहित मुलुकमा सवा तेह्र सय किलोमिटर लामो विद्युतीय रेलमार्ग निर्माणको तयारी भएको छ। रेल्वे विभागले मुलुकको दुई आर्थिक वर्षको सिंगो बजेटबराबर सात खर्बभन्दा बढीको लागतमा महत्वाकांक्षी रेलमार्ग निर्माण गर्न सम्भाव्य अध्ययन गरी डीपीआर तयार पार्ने कार्य सुरु गरेको हो ।डीपीआर तयार भएपछि सरकारले दाता मुलुक तथा निकायसित अनुदान तथा ऋण सहयोग लिई रेलमार्ग निर्माण सुरु गर्ने जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले दिए। रेल्वे विभागका अधिकारीका अनुसार पूर्व-पश्चिम रेलमार्गका अतिरिक्त काठमाडौबाट प्रमुख पर्यटकीय सहर...

बहुराष्ट्रिय कम्पनी टेलिया सोनेरा एनसेलसँग ‘सन्तुष्ट’

नेपालको दूरसञ्चार क्षेत्रमा एनसेलले हासिल गरेको प्रगतिप्रति बहुराष्ट्रिय कम्पनी टेलिया सोनेराले सन्तुष्टि जनाएको छ । आफूसँग आबद्ध युरोप तथा एसियाली मुलुकमा भन्दा नेपालमा यसको विस्तार र विकास अगाडि रहेको उसले बताएको छ ।नेपालमा लगानीमैत्री वातावरण नभएको भन्दै बहुराष्ट्रिय कम्पनीहरूले लगानी गर्न अनिच्छा जनाइरहेका बेला टेलिया सोनेराले एनसेलको प्रगतिप्रति सन्तुष्टि जनाएको हो । नेपालमा जारी राजनीतिक संक्रमणका बेलासमेत एनसेलको विकास र विस्तार युरोपेली क्षेत्रको तुलनामा छिटो भएको उसले बताएको छ ।युरोपेली मुलुकहरू प्रविधिमा धेरै अगाडि भए पनि एक वर्षको अवधिमा...

विमान कम्पनीद्वारा तीन नयाँ एयरलाइन्स थपिने

कार्तिक ३ - नेपालतर्फ देखिएको पर्यटक आकर्षणसँगै नयाँ विमान कम्पनीको चासो पनि बढ्न थालेको छ । यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आवेदन दिएका छन् ।रसियाको एरोफ्लोट, श्रीलंकन एयरलाइन्स र संयुक्त अरब (युएई) को आरएके एयरवेजले पनि छिट्टै नेपालबाट उडान गर्ने तयारी थालेका छन् । नेपालमा चर्किएको द्वन्द्वसँगै बन्द भएका एरोफ्लोट र श्रीलंकन एयरले नेपालतर्फको आवतजावत बढन् थालेकैले फेरि चासो देखाएका हुन् । पछिल्लो दुई वर्षमा यहाँ सेवा दिन १० वटा विदेशी एयरलाइन्सले सीधा उडान सुरु गरेका छन् । यीसँगै अन्तर्राष्ट्रिय उडान... 

मल्टी सर्भिस प्वाइन्ट अफ पिजेन्स कतारको दोहामा राखिने

नेपाल टेलिकमले कतारको दोहामा ‘मल्टी सर्भिस प्वाइन्ट अफ पिजेन्स’ (पीओपी) स्थापना गर्ने सम्झौता भएको छ । यसबारे नेपाल टेलिकम र कतार टेलिकमबीच आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंह र कतार टेलिकमका अन्तर्राष्ट्रिय सेवाका प्रमुख कार्यकारी अधिकृत अहमद युसुफ इब्राहिम एम अल दर्बेस्टीले हस्ताक्षर गरेका छन् ।कम्पनीले विश्वभर रहेका उपभोक्तालाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन पीओपी सम्झौता गरेको जनाएको छ । पीओपीपछि अन्तरआबद्धता क्षमतामा वृद्धि हुने कम्पनीको अनुमान छ । प्रबन्ध निर्देशक सिंहले यसबाट कतार टेलिकम र नेपाल टेलिकम...

जापानमा बिश्वकै सबैभन्दा छिटो गतिमा चल्ने बिद्युतिय लिफ्ट

टोकियो – जापानको प्रमुख ब्यवसायिक समुहहरु मध्यको एक मित्सुबिसी समुहको मित्सुबिसी इलेक्ट्रिक कर्पोरेशनले बिश्वकै सबैभन्दा छिटो गतिमा चल्ने बिद्युतिय भर्‍याङ (लिफ्ट) को निर्माण गर्ने भएको छ । उसले उक्त लिफ्ट चीनको सांघाइमा निर्माणाधिन सांघाइ टावरमा जडान गर्न लागेको हो । मित्सुबिसी इलेक्ट्रिकले जडान गर्ने उक्त लिफ्टको गति प्रति सेकेण्ड १८ मिटर (५९ फिट) को हुनेछ । जबकी अहिले सम्मको सबैभन्दा छिटो चल्ने लिफ्टको गति १६.८ मिटर (५५ फिट) प्रति सेकेण्ड रहेको छ । सांघाइ टावर कन्स्ट्रक्सन एन्ड डेभलोपमेन्ट कं. लि. ले मित्सुबिसी इलेक्ट्रिकलाई सो लिफ्टको लागि अनुरोध गरेको हो । मित्सुबिसी... 

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel