परम्परागत रुपमा मनाइँदै आएको जनै पूर्णिमा पर्व देशभर मनाइँदै

साउन १८ । परम्परागत रुपमा मनाइँदै आएको जनै पूर्णिमा हिन्दु धर्मावलम्वीहरुले पर्व आज मनाइँदैछ । यो पर्वमा आत्माको शुद्धीकरण र शरीर रक्षाको लागि ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ ।  जनै पूर्णिमाको अवसरमा आज पशुपतिनाथ, स्वयम्भु, ललितपुरको कुम्भेश्वर, रसूवामा गोसाँइकुण्ड, लम्जुङ र गोरखाको सीमानामा पर्ने दुधपोखरी, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड लगायत मुलुकका विभिन्न धार्मिक स्थलहरुमा विशेष मेला लागेको छ । आज विभिन्न थरीका गेडागुडी मिसाई पकाएर क्वाँटी खाने चलन पनि रहिआएको छ । पुरोहित ब्राम्हणले रक्षाबन्धन बाँधिदिदा दैत्यराज बलिको दानशीलता र सत्य

नागपञ्चमी पर्वमा मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना

साउन ९,  आज श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदैछ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ।नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात (षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन) गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराईले बताए। नागपूजाको प्रचलन वैदिक काल अघिदेखि चल्दै आएको

हिन्दू राष्ट्र कायम नगरिए देशभर एकै साथ सत्याग्रह र भद्रअवज्ञा गर्ने

नयाँ बन्ने संविधानमा सनातन हिन्दू राष्ट्र कायम नगरिए देशभरका धार्मिक संघ संगठनहरुले संयुक्त सत्याग्रह र भद्रअवज्ञा गर्ने भएका छन् ।राष्ट्रिय धर्मजागरण अभियान संयोजक शंकरप्रसाद पाण्डेको नेतृत्वमा दलहरुको स्वार्थका लागि जबर्जस्ती लादिएको धर्मनिरपेक्ष राष्ट्र खारेज गरी नयाँ बन्ने संविधानमा सनातन हिन्दू राष्ट्र कायम नगरिए देशभर एकै साथ सत्याग्रह र भद्रअवज्ञा गर्ने भएको हो । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण नेपालीहरुको अस्मिता, स्वाभिमान र गौरव बोकेको विश्वको चिन्हारी एकमात्र सनातन हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाउँदा जातिय, धार्मिक र सामाजिक सदभाव खल्बलिँदै गएको

पशुपति जस्तो प्रसिद्ध तिर्थस्थलमा पण्डितबाटै यौन दुर्ब्यबहार

पशुपति जस्तो प्रसिद्ध तिर्थस्थलका पण्डित नै यौन दुब्र्यबहारमा लिप्त हुन्छन भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर यो कटु सत्य हो ।पशुपतिस्थित आरतीस्थलका पण्डितले पटक पटक यौन दुब्र्यबहार गरेको आरोप खेप्दै आएका छन् । त्यतिमात्र हैन, उनले ज-जसलाई यौन दुब्र्यबहार गरेकाहरुसँग आइन्दा यसो गर्दिन भनेर कागज गरेपनि ती पण्डितको बानी भने सुधि्रएन् ।त्यहाँ कार्यरत पण्डित उपेन्द्र पोखरेलले यौन दुब्र्यबहार गरेको भन्दै भक्तजनहरु प्रहरी र पशुपति क्षेत्र बिकाश कोषका अधिकारीलाई गुहार्न पुगेका छन् ।बिहीवार दर्ता गरिएको निबेदनमा पण्डित अधिकारीले महिलाका संबेदनशील अंगमा

विश्वको सबैभन्दा ठूलो बौद्ध धर्मको थाङ्का नेपाल ल्याउने प्रयाश

विश्वको सबैभन्दा ठूलो थांका नेपाल ल्याउने प्रयाश सुरु भएको छ ।लुम्बिनी भ्रमण वर्ष–२०१२ को अवसरमा यो थाङ्का जापानबाट नेपाल ल्याउन नेपाल बौद्ध धर्म संरक्षण समितिले प्रयास गर्ने भएको हो । बुद्धको जन्म चक्रदेखि निर्वाणसम्मका सबै क्रियाकलाप थांकामा उतारिएको छ ।  जापानमा सन् १९९३ देखि २००२ सम्म विश्वका १० हजार मानिसको मेहनतमा उक्त थाङ्का तयार गरिएको थियो । त्यसको नेतृत्व नेपाली नागरिक बुद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले गरेका थिए । विश्वका शान्ति प्रेमीहरूले उक्त थाङ्का तयार गरेको थकालीले जानकारी दिए । जापानको टोकियोमा राखिएको थाङ्का ७० मिटर लम्बाइ

महाशिवरात्रीका अवसरमा पशुपतीनाथमा लाखौं भक्तजनहरुको भिड

हिन्दूहरुको पर्व महाशिवरात्रीका अवसरमा लाखौं भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । मुलुक भित्रका मात्र नभइ, भारतबाटसमेत ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएका छन ।राजधानीको पवित्र पाशुपत क्षेत्रमा यतिखेर महाशिवरात्रीको विशेष रौनक देखिन्छ । त्यस्तै पूर्वको खोटाङ जिल्लामा रहेको खोटाङ हलेसी, जलेश्वरमा रहेको जलेश्वर महादेव लगायतका शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनहरु विशेष आस्थाकासाथ भगवान शिवको पूजा–आराधना गरिरहेको जनाइएको छ ।यसैबीच राजधानीको पशुपतिनाथ मन्दिरमा यसवर्षदेखि वर्जित गरिएको भनिएको गाँजा–भाँङ लगायतको नशालु पदार्थ यस पटक पनि खुल्लमखुल्ला

थोरै कमाइ हुनेका लागि दसैं 'दशा' बन्दै गएको छ

यतिखेर सबैतिर दसैंको उल्लासमय वातावरण बढ्दो छ । बजारका डिपार्टमेन्टल स्टोर्सदेखि फुटपाथसम्म किनमेल गर्नेको निकै घुइँचो छ । तर यहाँको औद्योगिक क्षेत्रको एक उद्योगमा कार्यरत धनप्रसाद शर्मालाई भने दसैं नजिकिँदै गर्दा उल्लासले छोएको छैन ।राम्रो लगाउनै र मीठो खानैपर्ने तथा नसके पनि तडकभडक देखाउने प्रवृत्ति बढ्दा उनी दिक्क छन् । 'बजारमा मूल्यवृद्धिले आफूजस्ता कम आयस्रोत भएका मजदुरले सामान किन्नै नसक्ने अवस्था छ,' उनले भने, 'थोरै कमाइ हुनेका लागि दसं 'दशा' बन्दै गएको छ ।'यसैगरी सिन्धुलीकी मेनुका विकलाई पनि दसैं कसरी मनाउने भन्ने चिन्ता सधैं भइरहन्छ । डोकोमा सिजनअनुसारका फलफूल तथा

तिजको ब्रत सम्बन्धी नायिका रेखा थापाको अनुभव

म तीजको ब्रत बस्दिनँ। थाहा पाएदेखि अहिलेसम्म बसेको रेकर्ड छैन। यसोभन्दा मलाई नास्तिक भन्नु पनि गलत हो। मेरो भगवानप्रति गहिरो  आस्था छ। बरु साउनका सोमबारको ब्रत बस्छु। साउनको ब्रतबस्दा भने दिनमा एकपटक चोखो र शुद्ध खाना खान्छु। फलफुल तथा जुस पिउछु।  तीजको ब्रत भने मलाई राम्रो लागेर पनि कहिल्यै बस्न मन लागेन। सानी हुँदादेखि यौवन उमेरसम्म पनि मलाई तीजमा ब्रत बस्न कसैले  कर गर्दा पनि गरेनन्। शुटिङ भएन भने डबिङ, त्यो पनि भएन भने भेटघाट र सिटिङमा मेरा दिनहरू बित्छन्। छवि -निर्माता छविराज ओझा) सँग विवाह भएपछि पनि मैले ब्रत बस्नु परेको छैन र बस्ने मन पनि छैन। भनिन्छ

बन्द कोठामा १ सय ८१ वर्षअघिका कागजात फेला पर्यो

भद्रकालीको उत्तर-पश्चिमको राणाकालदेखि बन्द रहेको एउटा गोप्य कोठा मंगलबार खोलिएको छ । कोठामा १ सय ८१ वर्षअघिका कागजातका साथै्र चारवटा काठका बाकस र झुन्ड्याएर राखिएको कपडाको पोकामा १९९० साल र त्यसअघिका गुठीका कागजातहरू फेला परेका छन् ।माकुराको जालैजालाले भरिएको अन्धकारमय कोठाको चिसो भुइँमा राखिएका बाकसहरूमा गुठीकै जमिनको तिरो र अदालत सम्बन्धी कागजात भेटिएका छन् । उक्त कोठाको ढोका छेउमै रहेको भित्तामा प्रचलित नेवारी लिपिको शिलालेख अनुसार ती बाकस र कागजात १ सय ८१ वर्षअघिका हुन् ।यसअघि ‘रहस्यमय’ मानिएको उक्त कोठामा के छ भन्नेबारे

विजया दशमीको धार्मिक महत्व र मान्यता यस्तो छ

नवरात्रिको दशौ दिन लाई विजयादशमी पनि भनिन्छ| यस दिन मा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ| सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel