म्यागी चाउचाउको बिज्ञापनले गर्दा अमिताभ, माधुरी र प्रीतिविरुद्ध उजुरी

म्यागी चाउचाउको विज्ञापनमा अभिनय गरेका बलिउड कलाकार अमिताभ बच्चन, माधुरी दीक्षित र प्रीति जिन्टाविरुद्ध प्रहरीमा उजुरी गर्न बिहारको एक स्थानीय अदालतले निर्देशन दिएको छ। कलाकारहरूले प्रचार गरेको उत्पादनमा शरीरलाई हानि गर्ने पदार्थ पाइएपछि बिहार मुजफ्फरपुरको एक अदालतले अमिताभ, माधुरी र प्रीतिसहित उत्पादक कम्पनीका आधिकारिक व्यक्तिविरुद्ध उजुरी दर्ता गर्न निर्देशन दिएको हो। 

धर्मको अपमान गरेको भन्दै अभिनेत्री वीना मलिकलाई २६ वर्षको जेल सजाय

धर्मको अपमान गरेको भन्दै पाकिस्तानी अभिनेत्री वीना मलिकलाई २६ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको गिलगित बल्टिस्तानको आतंकवाद निन्यत्रण अदालतले वीनासँगै पाकिस्तानी टेलिभिजन जियोका मालिक मीर शकिलुर रहमानलाई पनि २६ वर्षकै जेल सजाय सुनाएको बिबिसीले उल्लेख गरेको छ । रहमानले १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तिर्नु पर्नेछ ।
जियो टेलिभिजनमा प्रशारण गरिएको एक कार्यक्रमा धार्मिक गीतमा वीना मलिक आफ्नो पतिको साथमा डान्स गरेको देखाइएको थियो । अदालतले आफ्नो आदेशमा आरोपिहरुको क्रियाकलापले मुसलमानहरुको धार्मिक भावनामा ठेस

आठ बर्षे बालकले 'लभ यू बाबा' नामक नेपाली फिल्म निर्देशन गरे

गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन नेपालका आठ बर्षे बालकले फिल्म निर्देशन गरेका छन् । पत्याउनै नसक्ने बिलक्षण प्रतिभा भएका सौगात बिष्टले 'लभ यू बाबा' नामक फिल्म निर्देशन गरेका हुन् । 
पत्याउनै गार्‍हो भएपनि सौगातले फिल्म निर्देशन गरेर चमत्कारी देखाएका छन् । उनले निर्देशन गर्दै गरेको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा सौगातको निर्देशन गर्ने शैली र कमाण्डिङ क्षमता देख्न सकिन्छ । 
फिल्म ‘लभ यू बाबा’ ले एउटी छोरीलाई आमाको अभाव हुन नदिन बाबुले गरेको संघर्ष र प्रेमलाई प्रस्तुत गरिएको छ । फिल्मको शिर्ष भूमिकामा अभिनेता गजित विष्ट

राजधानीको पाँचतारे होटल अन्नपूर्णमा राजेश हमालले बिहे गरे

शनिबार राजधानीको पाँचतारे होटल अन्नपूर्णमा आयोजित समारोहमा यो जोडीले लगनगाँठो कस्यो । अन्नपूर्णको कुमारी हलमा आयोजित विहेमा हमाल दौराकोट र टोपीमा ठाँटिएका छन् भने सारी र घुम्टोमा मधु सजिएकी थिइन् ।
हमालले मधुलाई सिन्दुर हाले अनि आफ्नी बनाए । आउँदो जेठ १४ मा विहेको प्रीति भोज आयोजना गरिएको छ । कपुरधारास्थित घरमा भने विहेको माहौल देखिएन । करिब ३ घन्टापछि नायक राजेश हमालले आफ्नो बिहेको तस्बिर मिडियालाई खिच्न अनुमति दिए । तर अन्नपूर्ण होटलको कुमारी हलमा संचारकर्मी पुग्दा बिहे लगभग सकिएको थियो । हमाल र मधु मिडियाको अघि मिठो मुस्कानसहित उभिएका थिए ।

चलचित्र हसिया शुक्रबारबाट नेपाल अधिराज्यभर एकै साथ प्रर्दशनमा

नयाँ बर्ष २०७१ सालको सुरुवात सँगै नेपाली फिल्म उद्योगमा केही आशालाग्दा चलचित्र प्रर्दशनमा आए । ति फिल्महरुले व्यापार पनि राम्रै गरे । यसैबीच अर्को आशा गर्न लायक फिल्म 'हसियाँ' शुक्रबारबाट अर्थात आजबाट नेपाल अधिराज्यभर एकै साथ प्रर्दशनमा आउँदैछ ।
६० वर्षको नेपाली इतिहासमै पहिलो 'लेडि एक्सन फिल्म' बनेको हसियाँका निर्देशक मिलन चाम्स दावी गर्छन् । हसियाँमा १३७ जना भिलेनसँग नायिकाले 'फाइट' खेलेकी निर्देशकले जानकारी दिएका छन । हिरोइनलाई रोनाधोनाको दृश्यमा मात्रै समावेश गर्ने प्रवृत्तिविरुद्ध सिनेमा रहेको निर्देशकको दाबी छ ।
हेमा श्रेष्ठको हसियाँ डेब्यू सिनेमा हो । उनी रिलमा मात्रै होइन रियल मा पनि 'थर्ड डान ब्ल्याकबेल्ट' हुन् ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड जिते

मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्डमा ‘फिल्म मेरो लभ स्टोरी’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड उचालेका छन् । उत्कृष्ट ठहरिएको फिल्म ‘काठमाण्डू’ का निर्देशक आकाश अधिकारीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नै पोल्टामा पारे ।
फिल्म ‘फेसबुक’बाट अभिनेत्री झरना थापाले उत्कृष्ट खलपात्रको अवार्ड पाइन् । उत्कृष्ट पटकथाकारसँगै निश्चल बस्नेतले फिल्म ‘लुट’बाट नयाँ निर्देशकको अवार्ड उचाल्दा ‘सायद’ का संयम पुरी र ‘अन्दाज’ का सविन श्रेष्ठलाई नव अभिनेताको अवार्ड बाँडियो । नव अभिनेत्रीको अवार्ड ‘काठण्माडू’बाट प्राप्ती घिमिरेले पाइन् ।

नेपाली चलचित्र ‘चियर्स’फागुन ९ गतेबाट प्रदर्शन आउने

पवन गौतमको निर्देशनमा तयार भएको चलचित्र ‘चियर्स’को नयाँ रिलिज मिति घोषणा भएको छ। यसअघि कार्तिक २२ गते रिलिज हुने भनिएको यो चलचित्र फागुन ९ गते प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले नयाँ रिलिज डेट र फिल्मको बारेमा औपचारिक जानकारी दिएको छ। 
मित्रताको कथासँगै प्रेमको भाव बोल्ने ‘चियर्स’मा भूपेन चन्द, पुष्करजंग थापा, राज आर्यन, क्रिस्टी पौडेल, महिमा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ। यही चलचित्रबाट अरुण केसी र निर्मला महत्तले आफ्नो अभिनय यात्रा सुरु गर्दैछन। फिल्मको प्रोमो केही समय अगाडि

नेपाली चलचित्र ‘तोरी लाहुरे’ फागुन १४ बाट प्रदर्शनमा आउने

द्वन्द निर्देशन बाट निर्देशनमा हात हालेका निर्देशक एन बि महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘तोरी लाहुरे’ फागुन १४ बाट प्रदर्शनमा आउने भएको छ। नेपाली चलचित्रको नाम राख्दै जाने क्रममा नयाँ नाम हो तोरी लाहुरे नेपाली भाषामा तोरी लाहुरेको अर्थ रद्दी, बिकामे, लठ्ठक, लम्फू हुन्छ। तोरी लाहुरेलाई नेपाली वृहत शब्दकोषले अर्थ मा लेखेको छ ‘केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति, जीउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने, काम र कुराको ठेगान नभएको मान्छे। अर्थ नराम्रो लाग्ने नाम भए पनि चलचित्र राम्रो बनेको र सफल हुने आशा गरेको निर्माण युनिटले बताएको छ। दिलकुमार र

कमेडी नेपाली चलचित्र झोलेको पोस्टर तथा ट्रेलर सार्बजनिक

चलचित्र द युग देखि युग सम्म बाट निर्देशन यात्रा थालनी गरेका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको सबै चलचित्रहरु फरक फरक क्याटगोरिको हुने गर्दछन्। पहिलो चलचित्रमा उनले राजेश हमालको गेट अप परिवर्तन गरेका थिए भने चलचित्र चपली हाईट फरक प्रकृतिको बिषय बस्तुमा बनायर ब्यापारिक किर्तिमान राख्न सफल भए। त्यस पछि थ्री डी चलचित्र झोले बनाएर नेपाली चलचित्र इतिहासमा कृतिमान कायम गर्न सफल बने उनै निर्देशक खनाल अब कमेडी चलचित्र लिएर बजारमा आउंदै छन्। डार्क कमेडी चलचित्र भनिएको चलचित्र ‘झोले’ फागुन ९ गते बाट प्रदर्शनमा आउने भएको छ। मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमको

रामलिलाले रिलिज भएको दोस्रो हप्ता १०० करोड क्लबमा इन्ट्रि

नायिका दिपिका पादुकोण र नायक रणबिर सिंहद्वारा अभिनित चलचित्र रामलिलाले रिलिज भएको दोस्रो हप्ता १०० करोड क्लबमा इन्ट्रि मारेको छ । नायिका दिपिकाको १०० करोड क्लबमा सामेल हुने यो चौंथो फिल्म हो भने रणबिरको पहिलो इन्ट्री हो ।
यस अघि निर्देशक सञ्जय लीला भन्सालीको चलचित्र बलिउड बक्स अफिसमा १००.२ करोडको कलेक्सन गरिसकेको छ । चलचित्र रामलीला नायिका दिपिका पादुकोणको चौथो चलचित्र हो जो यस क्लबमा सामेल भएको छ । यस अघि दिपिकाको रेस २, ये जवानी हे दिवानी र चेन्नाई एक्सप्रेस पनि यस क्लबमा सामेल भइसकेको थियो । यस अघि दिपिका
  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel