माध्यमिक शिक्षा परिषद्बारा डेढ सय उच्चमावि थपिए

२९ साउन-उच्च माध्यमिक शिक्षा परिषद्बारा यस वर्ष थप १ सय ५४ विद्यालयले सञ्चालनको सम्बन्धन पाएका छन् । यसपछि उच्च माविको संख्या ३ हजार २ सय २२ पुगेको छ । सरकारले गत वर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह विस्थापन गरेपछि उच्चमावि शिक्षा परिषद्को सम्बन्धनमा उच्चमावि सञ्चालन गर्ने विद्यालयको संख्या वृद्धि भएको हो ।परिषद्का अनुसार शिक्षा विभागले ३ सय ३० विद्यालयको प्रस्तावलाई सिफरिस गरेको भए पनि परिषद्को सम्बन्धन समितिले विद्यालयको स्थलगत अध्ययन गरेको आधारमा २ चरणमा १ सय ५४ विद्यालयलाई स्वीकृति दिइएको हो । यस वर्ष सुदूरपश्चिमाञ्चल क्षेत्रबाट... 


कुनै विद्यालयले पनि सञ्चालनका स्वीकृति नपाएको परिषद्ले जनाएको छ । परिषद्को मापदण्डअनुसार समयमा प्रस्ताव नगरेकाले स्वीकृति नदिइएको हो । यस वर्ष उच्च मावि सञ्चालनको स्वीकृति पाएका १ सय ५४ मध्ये २९ निजी विद्यालय छन् भने १ सय २५ सामुदायिक छन् ।
परिषद्का अनुसार सामुदायिक उच्च माविको संख्या २ हजार ३ सय ४९ पुगेको छ । निजी उच्च माविको संख्या ५ सय ५८ पुगेका छन् । उच्च माविमात्र सञ्चालन गर्ने संख्या १ सय ५८ छ भने १ सय ३६ सरकारी कलेजले उच्च मावि सञ्चालन गर्दै आएका छन् ।
सामुदायिक र निजी गरी अहिलेसम्म ३ हजार २ सय २२ उच्च माविले सञ्चालनको स्वीकृति पाएका छन् । चालू शैक्षिक सत्रमा सञ्चालनको अनुमति माग गरेका प्रस्तावमध्ये ३ सय ३० विद्यालयलाई उच्च मावि सम्बन्धनको स्वीकृति दिन सिफारिस गरेको भए पनि १ सय ५४ लाई दुई चरणमा स्वीकृति दिएर बाँकी प्रस्तावको अध्ययन भइरहेको परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार गत वर्ष ५ सय ५८ विद्यालयले उच्च मावि सञ्चालनको सम्बन्धन पाएका थिए । मापदण्ड पूरा गरेर उच्च मावि सञ्चालनको अनुमति माग गर्दै प्रस्ताव गरिएका विद्यालयलाई सञ्चालनको अनुमति सजिलै दिइने परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार गत वर्ष ३ हजार ६७ उच्च माविमा कक्षा ११ मा ३ लाख २२ हजार विद्यार्थी उच्च माविमा भर्ना भएका थिए । यस वर्ष पनि प्रवेशिकाको पूरक परीक्षाको नतिजा सार्वजनिक हुँदासम्म त्यति नै विद्यार्थी उच्च माविमा भर्ना हुने अनुमान सञ्चालकको छ । परिषद्का अनुसार गत वर्षसम्म सञ्चालनमा आएका करिब ३ हजार १ सय उच्च माविमध्ये उपत्यकामा ३ सय ८७ सञ्चालनमा छन् ।
नयाँ उच्च मावि सम्बन्धनका लागि परिषद्ले तय गरको मापदण्डअनुसार विद्यालयको भौतिक पूर्वाधार सम्पन्न, स्नातकोत्तर उत्तीर्ण विषयगत शिक्षक, पुस्तकालयलगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ । साथै, परिषद्ले तय गरेको मापदण्डअनुसार निरन्तर तीन वर्ष प्रवेशिका परीक्षा सञ्चालन गरेको र हिमाली जिल्लामा न्यूनतम ३०, पहाडमा ४० र तराईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको विद्यालयले उच्च मावि सञ्चालनको प्रस्ताव गर्न सक्ने व्यवस्था छ ।
परिषद्का अनुसार ०७२ सालसम्ममा उच्चमाविअन्तर्गत १ देखि १२ कक्षासम्म सञ्चालन हुनुपर्ने नियम छ ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel