बैंकले लामो समयको बन्द पछी पून:नयाँ कर्जा दिन थाले

भदौ ६-बैंक तथा वित्तीय संस्थाले तरलतामा सुधार आएकाले लामो समयदेखि बन्द गरेको नयाँ कर्जा प्रवाह फेरी सुरु गरेका छन्। बैंकहरूमा असारमा मात्र निक्षेप २० अर्ब रुपैयाँले बढेपछि उनीहरूले कर्जा दिन थालेका हुन्।'तरलतामा सुधार आएकाले कर्जा लगानी खुकुलो भएको छ,' केही समयअघि कर्जा माग्न आउनेलाई नाइ भन्ने अवस्था थियो, अहिले खालि हात पठाउने काम भएको छैन।'तरलता अभावसँगै कर्जा-निक्षेप अनुपातलाई सीमामा राख्नुपर्ने वाध्यताका कारण बैंकहरूले १० महिनादेखि लगानी रोकेका थिए। अघिल्लो आर्थिक वर्षजस्तो वर्षको अन्त्यमा ह्वात्तै निक्षेप बढ्ने अनुमानका आधारमा लगानी बढाउँदा कर्जा... 


निक्षेप अनुपात सीमाभन्दा माथि पुगेकाले त्यसलाई सन्तुलनामा राख्न लगानी रोकेका हुन्।'तरलता अभाव भएकै बेला कर्जा-निक्षेप अनुपात बढेकाले यसलाई सीमाभित्र ल्याउनुपर्ने वाध्यता थियो,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'लगानी वृद्धि अनुपातमा निक्षेप नबढेकाले तरलता अभाव भएको थियो। यसले गर्दा थप लगानी गर्नसक्ने अवस्था थिएन। तर, अहिले तरलतामा सुधार आएको छ।'राष्ट्र बैंकका अनुसार यो सातासम्म वाणिज्य बैंकहरूले ६ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। कर्जा प्रवाह पनि ५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। एक महिनाअघि यो ५ खर्ब १७ अर्ब रुपैयाँमात्र थियो। अघिल्लो वर्ष निक्षेप ६ खर्ब ३१ अर्ब रुपैयाँ थियो। असोज मसान्तमा घटेर ६ खर्ब १९ अर्ब पुगेको निक्षेप पुस मसान्तमा केही सुधार भएर ६ खर्ब २३ अर्ब हुँदै अहिले ६ खर्ब ७७ अर्ब पुगेको हो।

'निक्षेप बढेकाले बैंकहरूको कर्जा-निक्षेप अनुपातमा पनि सुधार भएको छ,' शाहले भने, 'यसले लगानी विस्तारमा सहयोग पुगेको हो।' तरलतामा सुधार भएकै कारण बैंकहरूले आपसमा लिने सापटी (अन्तर बैंक दर) १ प्रतिशतमा झरेको छ।'अहिले सामान्य लगानीमा सुधार भए पनि आगामी पुसबाट अझ विस्तार हुने छ,' क्षेत्रीले भने, 'पुसमा कर्जा-निक्षेप अनुपात ८० प्रतिशतमा सीमित गरिसक्नुपर्ने वाध्यता भएकाले बैंकहरूले सहज अवस्थामा बस्न ७५ को हाराहारी कायम गर्छन्।' बैंकसँग कर्जा-निक्षेप अनुपातको सीमाभित्र रहेपछि तरलताको सहज अवस्था हुने भएकाले लगानी थप बढ्ने उनले बताए।

बैंकरका अनुसार समयमा बजेट आएकाले यसपालि खर्च पनि समयमा हुने अवस्था छ। निक्षेपको स्रोत खोज्ने व्यवस्था घुमाउरो पाराले हटाइएकाले बैंकसम्म पैसा आउँछ। घरजग्गा तथा अन्य क्षेत्रमा खुकुलो नीति लिएकाले बैंकको निक्षेप बढ्ने अवस्था छ। 
बैंकको कर्जा लगानी घटेको अवस्थामा आर्थिक वृद्धि दरमै असर पर्छ। गत आर्थिक वर्षमा पनि दोस्रो त्रैमासिकपछि बैंकहरूले कर्जा लगानी बन्द गरेका थिए। यसले आर्थिक वृद्धिमा असर परेको थियो। कर्जा लगानी हुन नसक्दा बैंकको नाफासँगै उत्पादन र रोजगारीसमेत प्रभावित हुन्छ। उत्पादनमा कमी आएपछि आयात बढाएर शोधनान्तर घाटा थप बढाउन सहयोग गर्छ।

लामो समय घाटामा रहेको शोधनान्तर अवस्था १ अर्ब बचतमा आइसकेको र रेमिट्यान्स वृद्धि दर बढ्न थालेकाले बैंक निक्षेपमा सुधार भएर लगानीको वातावरण बन्ने बैंकरहरूको भनाइ छ।बैंकहरूले कर्जा दिन थाले पनि उच्च ब्याज दरका कारण माग भने छैन। 'उच्च ब्याज दरका कारण बैंकहरू कर्जा दिन सक्ने अवस्थामा भए पनि माग आएको छैन,' क्षेत्रीले भने, 'ब्याज दर तल आएको अवस्थामा माग बढ्छ।' बैंकरका अनुसार निक्षेप संकलनमा सुधार आएपछि बचतसँगै कर्जाको पनि ब्याज घट्छ।

  • नेपाली टेली सिरिअलहरु (Updated Episodes)
  • Namastesansar Gallery
Klematis
Watch Evergreen Hindi Video Songs
Klematis
Watch Nepali Film Youtbe Songs
Watch Nepali Lok-Dohori Songs
Klematis
Download Hindi Remix Songs
Klematis
Listen & Download Hindi Songs
Download
Download Some Important Software
Watch Online English Movie
Klematis
Watch Online Nepali Movie
  • हिन्दी टेली सिरिअलहरु (Updated Episodes)

Join us on Facebook

By /
Please wait..10 Seconds Cancel