सरकारले खाडी मुलुकमा घरेलु कामदारका रूपमा महिलालाई पठाउन खुला गरेको छ । महिलाहरू बढी पीडित भएको भन्दै सरकारले एक दशकदेखि यसमा रोक लगाएको थियो ।प्रतिबन्ध लगाएको अवस्थामा पनि भारतको बाटो हँुदै गैरकानुनी ढंगबाट महिला कामदार जाँदा झन् असुरक्षित हुने क्रम बढ्दै गएपछि घरेलु कामदारसम्बन्धी मापदण्ड बनाई खुला गरिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।अहिले कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरबमा खुला गर्ने निर्णय गरिएको छ । कुवेतस्थित नेपाली दूतावासको सुझावका आधारमा महिला कामदारलाई त्यहाँ यसअघि नै खुला गरिसकिएको छ ।घरेलु...
कामदारको न्यूनतम तलब, बिमा, रोजगारदाता कम्पनीको आर्थिक अवस्था, सुरक्षित बासस्थान, रोजगारदाता कम्पनीको सामाजिक आधार, सुरक्षाको प्रत्याभूति र नियमित सम्पर्कको ग्यारेन्टी हुनुपर्ने प्रावधान राखिएको मन्त्रालयले जनाएको छ । यसबारे छिटै सम्बन्धित दूतावासमा जानकारी पठाइने एक अधिकारीले बताए । “त्यही मापदण्डका आधारमा दूतावासबाट मागपत्रमा प्रमाणीकरण गर्नुपर्छ, त्यसपछि मात्र नेपालबाट वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन्छ,” उनले भने ।
कामदारको न्यूनतम तलब, बिमा, रोजगारदाता कम्पनीको आर्थिक अवस्था, सुरक्षित बासस्थान, रोजगारदाता कम्पनीको सामाजिक आधार, सुरक्षाको प्रत्याभूति र नियमित सम्पर्कको ग्यारेन्टी हुनुपर्ने प्रावधान राखिएको मन्त्रालयले जनाएको छ । यसबारे छिटै सम्बन्धित दूतावासमा जानकारी पठाइने एक अधिकारीले बताए । “त्यही मापदण्डका आधारमा दूतावासबाट मागपत्रमा प्रमाणीकरण गर्नुपर्छ, त्यसपछि मात्र नेपालबाट वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन्छ,” उनले भने ।
दूतावासले रोजगारदाताको सामाजिक, आर्थिक आधारका साथै पारिवारिक विवरण, पेसा र आफू कार्यरत संस्थाको स्पष्ट आधार बुझेर मात्र मागपत्र प्रमाणीकरण गर्नुपर्छ । कामदारको औषधि उपचार, दैनिक आठ घण्टामात्र काम, सातामा एक दिन बिदा, कानुनी सहायता र शौचालयको व्यवस्थालगायतका ग्यारेन्टी रोजगारदाताले दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
यी मापदण्डसहित कतारमा न्यूनतम मासिक पारिश्रमिक १ हजार रियाल (२० हजार रुपैयाँ), यूएईमा ९ सय रियाल (१८ हजार रुपैयाँ) र साउदी अरबमा ९ सय रियाल निर्धारण गरिएको छ । अविवाहित पुरुषले महिलालाई घरेलु कामदार राख्न नपाउने व्यवस्था गरिएको छ ।
कुवेतमा कामको प्रकृतिअनुसार फरक–फरक तलब निर्धारण गरिएको छ । ‘हाउस मेड’ र ‘हाउस ब्वाई’ का लागि ५० दिनार (१२ हजार रुपैयाँ), कुकका लागि ६० दिनार (१५ हजार रुपैयाँ) र ड्राइभरका ७५ दिनार (१८ हजार ७ रुपैयाँ) न्यूनतम मासिक तलब तोकिएको छ । त्यस्तै, घरेलु सुरक्षा गार्ड १ सय दिनार (२५ हजार रुपैयाँ) र गार्डेनरको ७० दिनार (१७ हजार ५ सय रुपैयाँ) न्यूनतम मासिक तलब निर्धारण गरिएको छ ।
साउदी अरब, कतार र यूएईको श्रम ऐनभित्र घरेलु काम नपर्ने हुँदा बिमाको व्यवस्था गर्न नसकिने त्यहाँस्थित नेपाली दूतावासहरूले बताएका थिए । “तर मन्त्रालयले अनिवार्य रूपमा घरेलु काममा बिमाको व्यवस्था हुनुपर्ने नियम बनाएको छ,” स्रोतले भन्यो, “त्यो नभए कामदार पठाउन नसकिने मापण्डमा उल्लेख छ ।” बिमा नहुँदा नेपाली महिला कामदारहरू विभिन्न समस्याबाट ग्रस्त भई फर्कने र घरपरिवार तथा समाजबाट टाढिनु पर्ने बाध्यता थियो ।
यसअघि खाडी मुलुकमा महिला कामदारहरू यौनशोषणमा पर्ने, साहुको कुटाइ खाने, पीडा सहन नसकेर आत्महत्या गर्ने, एजेन्टबाट ठगी हुने, घरमा सम्पर्क गर्न नपाउने, न्यून तलब दिने र चाहेको समयमा घर फर्कन नपाउने भएकाले सरकारले ती मुलुकमा जान रोक लगाएको थियो ।
खाडी मुलुकमा महिला कामदारलाई प्रतिबन्ध लगाए पनि जाने क्रम भने रोकिएको थिएन । दलालमार्फत ठगिने तथा विदेशमा अलपत्र हुने क्रम झनै बढेको थियो । सम्बन्धित देशका नेपाली दूतावासले दिएका जानकारीका आधारमा साउदी अरबमा ७० हजार, कतारमा ३० हजार, ओमानमा ११ हजार, यूएईमा ११ हजार र बहराइनमा २ हजार महिला कामदार छन् । स्रोत: कारोबार